Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

किन मनाइन्छ उपत्यकामा घोडे जात्रा ?


ग्लोबल पाना
सोमबार, चैत २६ २०८०
  • 368
    SHARES

  • images
    किन मनाइन्छ उपत्यकामा घोडे जात्रा ?

    काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ ।

    images
    images
    images

    तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्न सक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी सहरभर घोडा कुदाउने प्रचलन रहेको पाइन्छ । घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने / बालबालिकामाथि खतरा नबन्ने जनविश्वास रहिआएको छ ।

    विशेष गरी उपत्यकाका नेवार समुदायले घोडेजात्रालाई ठुलो चाडको रूपमा मनाउने गर्दछन् । जात्रामा विशेष गरी विवाह भएर गएकी छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन कायमै छ । आजको दिन काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ ।घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गर्दैछ ।  राष्ट्रपति,  उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र मन्त्रिले सेनाको अश्वकला अवलोकन गर्ने चलन पनि छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ