Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

कर्णालीको मुख्यमन्त्रीमा कँडेलले दाबी पेश गर्दै


ग्लोबल पाना
मंगलबार, चैत २७ २०८०
  • 219
    SHARES

  • images
    कर्णालीको मुख्यमन्त्रीमा कँडेलले दाबी पेश गर्दै

    काठमाडौं । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद मंगलबार सकिँदैछ । सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

    images
    images
    images

    पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ । एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।

    ४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १/१ जना सांसद छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ