Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीको उपस्थितिमा १६ औँ योजनाका विषयमा छलफल


ग्लोबल पाना
बुधबार, चैत २८ २०८०
  • 231
    SHARES

  • images
    प्रधानमन्त्रीको उपस्थितिमा १६ औँ योजनाका विषयमा छलफल

    काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ । सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना (२०८१/८२–२०८५/८६) का विषयमा शीर्ष राजनीतिक तहमा सुझाव लिनुभएको हो ।

    images
    images
    images

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक दलका नेताहरूबाट प्राप्त सुझावहरूलाई समेटिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ योजना तयार गर्नका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताउनुभयो । छलफलमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, जनता समाजवादी पार्टीबाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरूको सहभागिता थियो ।

    छलफलमा योजना आयोगका उपाध्यक्ष्य डा मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार राजनीतिक दलहरूबाट प्राप्त सुझावहरू समेटेर योजनाको मस्यौँदालाई अन्तिमरूप दिइनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ