Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीको सातौं जिल्ला सभा सम्पन्न


ग्लोबल पाना
बिहीबार , चैत २९ २०८०
  • 223
    SHARES

  • images
    जिसस कास्कीको सातौं जिल्ला सभा सम्पन्न

    पोखरा , चैत्र २८ । जिसस कास्कीको सातौं जिल्ला सभा बुधबार सम्पन्न भएको छ। सभाको प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे। प्रमुख भट्टले समृद्धिका लागि समन्वय र सहकार्य महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै समन्वयको कार्य प्रभाबकारी बनाउन संबैधानिक ब्यबस्था अनुसार काम गर्न आग्रह गर्दै आबश्यक ऎन कानुनको निर्माणमा प्रदेश सरकार र संघ सरकारसंग समन्वय गर्न आग्रह गरे।

    images
    images
    images

    संघियता बलियो हुन स्थानिय, प्रदेश र संघ तहमा सम्पादित कामको अनुगमन र समन्वयका बनाइएको जिससको भुमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो। गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले प्रदेश सरकारको तर्फबाट जिससको थप सबलिकरणमा प्रतिबद्धता व्यक्त गरे।

    सभामा गण्डकी प्रदेश सभाका सदस्य भिम बहादुर कार्की, पोखरा महानगरको प्रमुख धनराज आचार्य, गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा, जिसस गोर्खाका प्रमुख मोहन बहादुर थापा, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, साबिक जिल्ला बिकास समिति कास्कीका सभापति पुन्य पौडेल जनता समाजबादी पार्टीका अध्यक्ष हर्क बहादुर गुरुङ, ने क पा माओबादी केन्द्र कास्कीका अध्यक्ष शिवजी लामिछाने, सहितले मन्तव्य ब्यक्त गरेका थिए।

    जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप-प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए। सभाले राष्ट्रिय महत्वका सम्भावित रणनीतिक योजनाहरु, प्रदेश गौरवका योजनाहरुको लागि प्राथमिकता सहित बजेटको व्यवस्थापन गरिदिन राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, नेपाल सरकार र प्रदेश सरकारसँग निरन्तर रुपमा समन्वय र सहकार्य गरी कास्कीका पाच पालिकाकाका लागि विभिन्न ११४ वटा योजना जिल्ला सभाबाट स्वीकृत गरी केन्द्र तथा प्रदेश सरकारमा माग गर्ने निर्णय कास्की जिल्ला सभाले गरेको छ ।

    त्यस्तै विकास कार्यमा समन्वयका लागि स्थानीय तहले संचालन गरेका विकास आयोजनाहरुको अनुगमन गर्ने, अनुगमन तथा मुल्याङ्कन कार्यलाई प्रभावकारी बनाउने, व्यवस्थापनमा सहजीकरण कार्य तिब्रताका साथ अगाडी बढाउने निर्णय भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ