Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

अपराध नियन्त्रणमा प्रहरी समुदाय मिलेर अगाडि बढ्नुपर्छ : समाजसेवी न्यौपाने


ग्लोबल पाना
बिहीबार , चैत २९ २०८०
  • 702
    SHARES

  • images
    अपराध नियन्त्रणमा प्रहरी समुदाय मिलेर अगाडि बढ्नुपर्छ : समाजसेवी न्यौपाने

    काठमाडौं, २९ चैत । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले लागूऔषध दुव्यर्सनी, साइबर अपराध नियन्त्रणका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताउनुभएको छ ।

    images
    images
    images

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज यहाँ आयोजना गरेको ‘लागूऔषध दुव्र्यसनी तथा साईबर अपराध न्यूनीकरण सम्बन्धी अन्तक्र्रिया’ कार्यक्रममा बोल्दै उहाँले समाजमा हुने अपराध न्यूनीकरणका लागि प्रहरीसँग सहकार्य गरेर सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताउनुभएको हो ।

    अध्यक्ष न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवी लगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आईरहेको बताउनुभयो ।

    उहाँले समाजमा हुने लागूऔषध दुव्यर्सनी, साइबर अपराधलगायतको नियन्त्रणमा सामुदायिक सेवा केन्द्रले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गर्नुभयो । समाजभित्रको अपराध नियन्त्रणका लागि प्रहरी र समाज मिलेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जनले विस २०८१ सालमा वडाभित्रका विग्रेका सबै सडकहरु कालोपत्रे गरिसक्ने बताउनुभयो ।

    उहाँले लागूऔषध दुव्र्यसन र साइबर अपराधमा सजग रहन विद्यार्थीलाई आग्रह गर्नुभयो । प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्री पछिल्लो समय युवा पुस्ता लागूऔषध दुव्र्यसनी र साइबर अपराधमा फँसेको भन्दै यसलाई न्यूनीकरणका लागि प्रहरीले समाजसँगको  सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

    नेपाल सरकारका पूर्वसचिव श्यामप्रसाद मैनाली, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अमरसिंह शाह, न्यूटर्न उच्च माविका प्राचार्य रामबहादुर थापालगायतले देश बचाउने जिम्मा अहिलेका विद्यार्थीको भएकाले लागूऔषध दुव्यर्सनी र साइबर अपराधसँग टाढा रहन आग्रह गर्नुभएको थियो ।

    कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ४ मा रहेका विभिन्न विद्यालयका ३०० भन्दा बढी विद्यार्थी एवम् शिक्षकको उपस्थिती रहेको प्रहरी सहायक हवल्दार डम्बरबहादुर शाहीले जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ