Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

माईती संग भिडियो बनाएर यसरि जित्न सकिन्छ १० हजार पुरस्कार


ग्लोबल पाना
आइतबार, वैशाख २ २०८१
  • 391
    SHARES

  • images
    माईती संग भिडियो बनाएर यसरि जित्न सकिन्छ १० हजार पुरस्कार

    काठमाडौं । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो ।

    images
    images
    images

    यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो कार्यक्रम घोषणा गर्नु भएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा ब्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण र ब्यवहार परिवर्तन हुनुपर्ने तथा सबैले नेपाली ब्राण्डको प्रयोग गरेर सहयोग गर्नुपर्ने बताउनु भयो । केहि गरौं भनेर लाग्ने ब्यवसायीहरुलाई समाजका सबै पक्षले सहयोग नगर्दा ब्यवसायहरु धरासायी बनेको भन्दै श्रेष्ठले ग्रील तथा स्टील ब्यवसायमा आबद्ध ११ हजार ब्यवसायी तथा १ लाख ६० हजार कर्मचारीहरुलाई यो डिस वास प्रयोग गर्न आह्वान समेत गर्नु भयो ।

    संचालक मोक्तानका अनुसार यो कार्यक्रम ३ महिना सम्म सन्चालन हुनेछ । कार्यक्रम २०८१ बैशाख १ गतेदेखि शुभारम्भ भएर २०८१ असार १ गते सम्म चल्नेछ । बिशेष गरि नेपाली दिदिबहिनी, आमालाई लक्षित गरेर ल्याईएको यो कार्यक्रममा इच्छुक पुरुषहरुले पनि यससहभागि हुन चाहेमा सहभागि जनाउन सकनेछन् । कार्यक्रमको नतिजा सामाजिक संजाललाई आधार मानेर धेरै भ्यूज कमेन्ट को आधारमा निकालिने छ ।

    बिज्ञापन टाइपको भिडियोलाई उच्च प्राथमिकता दिइने भनिएको यो कार्यक्रममा सहभागी हुन निम्न शर्तहरु पालना गर्नु पर्ने छ ।

    शर्तहरु

    १) भिडियो बनाउँदा माइती डिस वास लिक्वीड अंकित लोगो अनिवार्य साथमा हुनु पर्नेछ ।

    २) भिडियो बनाउँदा माइती डिस वासको बारेमा राम्रो कुराहरु राख्नु पर्नेछ ।

    ३) भिडियो बनाएर पोष्ट गर्दा फेसबुक पेज माईती घर लाई अनिवार्य ट्याग गर्नु पर्नेछ ।

    ४) हाम्रो माइती घर नामको फेसबुक पेजलाई फलो र लाईक गर्नु पर्नेछ ।

    ५) कम्तिमा २५ जना साथीलाई ट्याग गर्नु पर्नेछ २५ जना भन्दा माथि ट्याग गरेको भिडियोलाई उच्च मान्यता दिइनेछ ।

    माथिको सबै सर्तहरु अनिवार्य पालना गर्ने सहभागिहरुलाई मात्र यो कार्यक्रममा सहभागि गराइनेछ । कम्पनिका संचालक मोक्तानले संचारकर्मीहरु संग प्रतिकृया दिदैं कम्पनिको सबै उत्पादनहरुको गुणस्तरमा कुनै सम्झौता नगरिएको तथा अन्य ब्राण्ड भन्दा मुल्यमा समेत निकै कम गरिएकोले आम नेपालीहरुको भान्छा सम्म यो उत्पादन सजिलै पुग्न सक्ने बताउनु भयो ।

    १.५ लिटर लिक्वीड डिसवासको मुल्य रु २६५ मात्र रहेको तथा प्रयोग भैसकेको भाँडा फिर्ता गर्दा रु १५ फिर्ता गर्ने योजना सहित ग्रहकलाई आकर्षित गर्ने र आफ्नो उत्पादन बाट हुने फोहर ब्यवस्थापन समेत हुने योजना समेत लागु गरिएको संचालक मोक्तानले बताउनु भयो ।

    खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.को उत्पादन गर्ने उद्योग गोकर्णेश्वर—४, काठमाडौंमा रहेको छ भने यो ब्राण्ड सम्बन्धि कुनै पनि गुनासो वा सुझाव भएका कम्पनिका संचालक सुशिल मोक्तान लाई सिधा ९८६०४९८३२५ मा सम्पर्क गर्न सकिने तथा सामाजिक संजालहरुमार्फत समेत संपर्क गर्न सकिने जनाईएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ