काठमाडौं । २०८१ साल बैशाख १ र २ गते शनिवारको दिन टोखा नगरपालिका ३ नम्बर वडा टोखा सरस्वती स्वास्थ्य चौकिको आयोजना तथा चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटको प्राविधिक सहयोगमा नयाँ वर्ष तथा टोखा बिस्केट जात्रा/सपनतिर्थ मेलामा आउने श्रद्वालु भक्तजनहरुको स्वास्थ्यलाइ मध्यजनजर गरि नि:शुल्क स्वास्थ्य शिविर सन्चालन गरिएकाे थियाे ।
शिविरमा टोखा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्री शेरबहादुर बागचन्द, ३ नम्बर वडाका वडा अध्यक्ष तथा स्वास्थ्य चौकि सन्चालन तथा व्यवस्थापन समिति अध्यक्ष श्री रमेश डङ्गोल, कार्यपालिका सदस्य तथा स्वास्थ्य चौकि सन्चालन तथा व्यवस्थापन समिति उपाध्यक्ष श्री शान्ता राई लगायत अन्य कार्यपालिका सदस्य ज्युहरु, वडा सचिव श्री सानु श्रेष्ठ, वडा सदस्य श्री हरिकृष्ण श्रेष्ठ, श्री हरिभक्त श्रेष्ठ, स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिहरु, महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरु लगायत चिरायु अस्पतालका मेडिकल टिम सहित अन्य स्वयम सेवकहरुको उपस्थिति रहेको थियो।
शिविर सन्चालनमा सहयोग गर्नुहुने सम्पुर्णलाई स्वास्थ्य चौकि प्रमुख सन्जीव कुमार पटेल ज्युले धेरै धेरै धन्यबाद व्यक्त गर्नुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


