Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

घारिकूलो सहकारीको रक्तदानमा २१ युनिट रगत संकलन


ग्लोबल पाना
सोमबार, वैशाख ३ २०८१
  • 354
    SHARES

  • images
    घारिकूलो सहकारीको रक्तदानमा २१ युनिट रगत संकलन

    पोखरा ,बैशाख ३ । पोखरा महानगर पालिका वडा न १७ घारीकुलो टोल मा स्थापित घारीकुलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो  पाचौ बार्षिक उत्सबको अवसरमा आयोजना गरेको  खुल्ला रक्तदान कार्यक्रममा २१ यूनिट रगत संकलन भएको छ। कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज शर्माले उद्घाटन गरेका थिए।

    images
    images
    images

    शर्माले मानव जीबनको निम्ति अपरिहार्य रगत जस्तो महत्त्वपूणर् चिजलाइ खेर नफाली समय समयमा दान गर्नुपर्ने भन्दै सम्पूणर् टोलबासी  आउने समयमा थप कृयाशिल हुँदै पुण्य कार्यमा सरिक हुन आग्रह गरे । सो कार्यक्रममा  संयोजक बिष्णु वाग्ले , घारिकुलो टोल विकास सस्था का अध्यक्ष  गोविन्द गिरि ,घारिकुलो आमा समुहका कार्यबाहक अध्यक्ष   देवीमाया  पौडेल सहितले मन्तव्य व्यक्त गरेका थिए। 

    घारीकुलो टोल बिकास सन्था र घारीकुलो आमा समुहको विशेष सहयोग रहेको सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले प्राबिधिक सहयोग उपलब्ध गराएको थियो ।संस्थाका अध्यक्ष   पुरन गिरि को अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको   संचालन सचिब पबित्रा सुबेदी भण्डारी र स्वागत उपाध्यक्ष कुमार बस्नेतले  गर्नुभएको संस्थाका ब्यबस्थापक दिपक लामिछानेले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ