Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको आफ्नै भवनबाट सेवा शुभारम्भ


ग्लोबल पाना
बुधबार, वैशाख ५ २०८१
  • 416
    SHARES

  • images
    रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको आफ्नै भवनबाट सेवा शुभारम्भ

    काठमाडौं। माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका-१२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ। मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे  बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

    images
    images
    images

    उक्त उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशी व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरे।

    उक्त कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष रोशन केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा हर्ष लागेको वताए। साथै बैंकले गुणस्तरीय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ