Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलामा दुईलाख भन्दा बढीले अवलोकन गर्ने


ग्लोबल पाना
बिहीबार , वैशाख ६ २०८१
  • 371
    SHARES

  • images
    बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलामा दुईलाख भन्दा बढीले अवलोकन गर्ने

    काठमाडौं । यही वैशाख ११ गतेदेखि सुरु हुने काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलामा दुईलाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी गराउन बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज गरेको पत्रकार सम्मेलन सो जानकारी गराईएको हो ।

    images
    images
    images

    यसपालि स्थानियबाटै समिति बनाएर स्थानिय सरकार र सम्बन्धित निकायहरुलाई पदेन सदस्य रहने ब्यवस्था गरिएको वडा नं. १६ का कार्यबहाक अध्यक्ष पुष्प महर्जनले जानकारी दिनु भएको थियो । अघिल्लो बर्षहरुसम्म स्थानिय सरकार अन्र्तगत समिति बनाएर स्थानियलाई सदस्यको रुपमा मात्र कार्यगर्न दिने प्रचलन रहेकोमा स्थानियको बिरोध पछि बालाजु बाइसधारा मेला व्यवस्थापन समितिको नेतृत्व गर्ने जिम्मा स्थानिय समाजसेवी गौतम प्रजापतिलाई दिईएको छ ।

    पत्रकार सम्मेलनमा मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले काम गरिरहेको मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बताए । नुवाकोटको बेद्रावतीको पानि यहाँ आउने किंवदन्ती अनुसार बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने तथा बिभिन्न चर्मरोगहरु समेत निकोहुने जनविश्वास छ ।

    मेलाका समयमा कुनैपनि घटना नघटोस् भन्ने उद्देश्यले सादा पोशाकमा समेत प्रहरी परिचालन गर्दै मेलालाई सभ्य र भव्य बनाउन मेलाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरिसकिएको प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायव उपरीक्षक रामकुमार दानीले बताए । बिशेष गरि पार्कीङ र आवागमनलाई ब्यवस्थित बनाउन विगतका अनुभवलाई हेरेर ट्राफिक व्यवस्थापन चुस्त तथा दुरुस्त पार्न लागिरहेको ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले बताए ।

    बालाजु बाइसधारा मेलामा आउने तिर्थालु तथा भक्तजनको सुबिधा लाई ध्यानमा राख्दै बालाजु २२ धाराको मौलिकता देखाउन मेलाको दिनमा बालाजुका २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जन बस्नेतले बताए । यसलाई निरन्तरता दिनको लागि समेत पहल भईरहेको उनले बताए । २२ धारा मेलाको साथै त्यसदिन त्यस क्षेत्रमा स्थानिय नेवार समुदायको जात्रा समेत लाग्ने गरेको छ ।

    उक्त जात्रामा तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिकाका र काठमाडौं महानगरपालिका वडा नं १६ को पाँच वटा खट बालाजु बाइसधारामा आउने जानकारी गराईएको छ । गत बर्षहरुको तुलनामा यस बर्ष भक्तालुहरुको शंख्या बढ्ने आकलन गरिएको छ । आयोजक समितिले पाँच दिनसम्म चल्ने मेलामा देशभरबाट दुई लाख ३० हजार अवलोकनकर्ताको सहभागीता रहने अपेक्षा गरेको छ ।

    काठमाडौं महानगरपालिका वडा नं १६ ले मेलाको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । कार्यबहाक वडा अध्यक्ष पुष्प महर्जनले आफ्नो कार्यकालमा स्थानियहरुको संपदा र संस्कृति जोगाउने काम स्थानियलाई दिने निर्णय गर्न सफल भएको भन्दै स्थानिय सरकारको तर्फबाट खेल्नु पर्ने भुमिका र सहयोगमा कमीहुन नदिने प्रतिबद्धता जाहेर गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ