लण्डन । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको विश्व कार्यसमितिको दुई दिने बैठक आज अप्रिल १८ बाट मुख्यालय लण्डन मा शुरु भएको छ । बैठकमा आउदो अक्टोबरमा मोरक्कोमा सम्पन्न हुने ४६ औ विश्व सम्मेलन बारे विभिन्न मुद्धा मा छलफल गर्दै सम्मेलनको तयारी तथा अन्य विषयहरुमा बैठकले ठोस निर्णय गर्नेछ ।
बैठकको पहिलो दिनको शुरुमा अन्र्तराष्ट्रिय ट्रेड युनियन आन्दोलनका मुख्य नेता तथा आईटियुसी, ब्रसेल्सका महासचिव लुक ट्रयांगलले प्रजातन्त्र र ट्रेड युनियन अधिकार बारे हाल विश्वव्यापी रुपमा भई रहेको समस्याबारे आफनो प्रस्तुति दिएका थिए । सो प्रस्तुति उपर अधिकांश बोर्ड मेम्बरहरुले आआफनो क्षेत्र तथा देशका समस्याहरु बारे धारणा राखेका थिए ।
बैठकमा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव एवम् फेडेरेशनका बोर्ड मेम्बर अजयकुमार राईले नेपालमा संसदमा सांसदहरुले ट्रेड युनियन खारेजीको बहस चलाउन थालेको, नेपालमा केही राजनैतिक दलका नेताले हाक्काहाक्की ट्रेड युनियन खारेज हुनुपर्दछ भन्दै अभियान चलाएको भन्दै लोकतन्त्रमा पनि ट्रेड युनियन अधिकारलाई कुण्ठित गर्न पाईन्छ भन्दै प्रश्न गरेका थिए । उनले नेपालको सरकार पनि श्रमिक मैत्री नभएको बताएका थिए ।
यस्ता प्रवृत्ति विरुद्ध सबै ट्रेड युनियनहरु एक हुनुको विकल्प नरहेको र त्यसको अगुवाई आई टि यु सीले गर्नुपर्ने राईको भनाई थियो । उक्त फेडेरेशनले हवाई, सडक, रेल, बन्दरगाह, पानीजहाज, पर्यटन लगायत क्षेत्रका श्रमिक सम्बद्ध ६७० भन्दा बढी ट्रेड युनियनको अगुवाई गर्दछ भने करिब १५० देशका श्रमिक आवद्ध छन् । सन् १८९६ मा स्थापित सो संगठनले विश्व स्तरको यातायात क्षेत्रको ट्रेड युनियनले आई एल ओ संग मिलेर यातायात श्रमिकको विश्व स्तरको कानुन हरु समेत बनाउने गर्दछ ।
सन् २०१८ को सिगांपुरमा सम्पन्न ४५ औँ विश्व सम्मेलनबाट नेपाल बाट प्रतिनिधित्व गर्दै प्रथम पटक अजयकुमार राई विश्व कार्यसमिति सदस्य चुनिएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


