Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु


ग्लोबल पाना
बिहीबार , वैशाख ६ २०८१
  • 326
    SHARES

  • images
    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

    काठमाडौँ, ६ वैशाख । गोकर्णेश्वर नगरपालिका–४ संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर बिज्ञान भएको बताउनु भएको छ ।

    images
    images
    images

    आज देखि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङगारिक महाआरती २०८१ लाई सम्बोधन गर्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो । यसैगरी मन्त्री उप्रेतीले श्रीमद्भागवतमा पाँच हजार वर्ष पहिला लेखेका वन, जंगल मासिनेछन्, सरकारी सम्पति व्यक्तिका नाममा दर्ता हुने छन्, सात सुर्यको जस्तो तापक्रम हुने छ भन्ने लगायतका लेखिएका कुराहरु अहिले जस्ताको जस्तै भइरहेको समेत बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पाँच हजार वर्ष पहिले हाम्रा ऋषिमुनीहरुले पत्ता लगाएको कुरा अहिले आएर पुष्टि भइरहेकाले श्रीमद्भागवत धर्म मात्रै नभएर देशयान पनि हो, श्रीमद्भागवतमा कलियुगमा हुने कुराका बारेमा जे लेखिएको छ, त्यो पुष्टि हुँदै छ ।” संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ५७ जना अनाथ बालबालिकाको सहयोगका लागि आयोजना गरिएको यो कार्यक्रमले शिक्षाबाट बञ्चित भएका बालबालिकाको शिक्षा क्षेत्रका लागि सहयोग मिल्ने भन्दै मन्त्री उप्रेतीले आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

    उहाँले भन्नुभयो, “अपाङ्गता, अनाथ भएका व्यक्तिहरुपनि हाम्रै समाजका दाजु भईहरु भएकाले उनीहरुलाई सबैले सहयोग मायाँ गर्नु पर्ने, हौसला दिनु पर्ने तथा उनीहरुलाई शिक्षा, दिक्षा दिन सके ती व्यक्तिहरु पनि सक्षम व्यक्ति हुने छन् ।” यसैगरी उहाँले महिला,वालबालि तथा समाज कल्याण मन्त्री भगवती चौधरीलाई समेत यो कार्यक्रममा बोलाउनु पर्ने बालबालिकासँग सम्बन्धित मन्त्रालय पनि भएकाले उहाँले सहयोग गर्नु हुने जानकारी गराउनुभयो । यसैगरी संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ५७ जना अनाथ बालबालिकाको खाना, बस्न तथा अन्य सहयोगार्थका लागि उक्त श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएकाले बालबालिकाको सहयोगका लागि सबै एकजुट भइदिनु पर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यहाँ राखिएका सबै तपाई हाम्रै बालबालिका हुन, हजुरहरुको सहयोगले यिनको भविष्य उज्वल हुने छ ।” संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको सप्ताहमा संस्थाको भौतिक विकास, आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने र पितृ मोक्षसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङगारिक महाआरती २०८१ आज ६ गतेदेखि सुरु भई यही वैशाख १३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ