काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ मा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ । त्यसअघि अतिरिक्त समयको खेल पनि बराबरीमा सकिएपछि खेल टाइब्रकेरमा पुगेको हो ।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि दुवै टोलीबाट थप गोल हुन सकेन । त्यसअघि नेदरल्यान्ड्सले अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा धकेलेको थियो । शनिबार बिहानका राति भएको दोस्रो क्वार्टरफाइनल खेलमा पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४-३ गोलले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेका थिए । अर्जेन्टिनाको चौथो प्रहार गोल नभएपछि नेदरल्यान्ड्सको सम्भावना कायमै देखिएको थियो । तर पाचौँ प्रहारमा अर्जेन्टिनाका लौतारो मार्टिनेज चुकेनन् । टाइब्रेकरमा अर्जेन्टिनाको पहिलो प्रहार मेस्सीले गरेका थिए। नेदरल्यान्ड्सका कप्तान भान डायक भने पहिलो प्रहारमै चुके । दोस्रे प्रहार गर्न पुगेका स्टिभन बर्घुइसलाई पनि मार्टिनेजले निराश बनाएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


