काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा हालसम्मकै ठुलो दावी भुक्तानी भएकाे छ । सुरज बहादुर थापाले चढेको ८९९० नम्बरको मोटरसाइकलले पैदल यात्री, ६० वर्षिय सुनिता कुमारी उपाध्याय पौडेललाई का म न पा १० नयाँ बानेश्वरचोकमा ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएपछी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले रु ५ लाख २० हजार दावी रकम भुक्तान गरेको हो ।
सवारी धनीले गत मंसिर महिनामा आफ्नो मोटरसाइकलको बीमा प्रोटेक्टिभ माइक्रो इन्सोरेन्स मार्फत गरेका थिए । कम्पनी स्थापना भएको १ वर्ष सम्म अन्य धेरै दावी परेको भएता पनि मृत्युदावी भने पहिलो पटक परेको र सो बापत बीमाङ्क रकम प्रदान गरिएको कम्पनीले जनाएकोछ ।
कम्पनीले प्रदेशिक कार्यालय गुसिंगाल ललितपुरमा सञ्चालन गरेको एक कार्यक्रमका बीच सवारीधनीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएकाे हो ।
सवारीधनीले आफ्नो मन्तव्यमा कम्पनीको दावी प्रकृयामा गरेको मार्गदर्शन तथा सहयोग सराहनीय रहेको कुरा व्यक्त गर्दै सरल दावी प्रकृयाले बीमाको महत्व बुझाउन र बीमा प्रती जनमानसमा ब्याप्त गलत धारणालाई कम गर्न सहयोग पुग्ने विचार ब्यक्त गर्नुभयो ।
सुदुरपश्चिम प्रदेशको धनगढी कैलालीमा मुख्य कार्यालय रहेकको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स विषत १ वर्ष देखि सञ्चालनमा रहेको लघुनिर्जीवन बीमा कम्पनी हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


