Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सूर्यचन्द्र बिकास समाजको उद्घोषण तथा भाषणकला तालिम 


ग्लोबल पाना
शनिबार, वैशाख ८ २०८१
  • 234
    SHARES

  • images
    सूर्यचन्द्र बिकास समाजको उद्घोषण तथा भाषणकला तालिम 

    पोखरा । पोखरा महानगरपालिका वडा न ५ मालेपाटनस्थित  सूर्यचन्द्र बिकास समाजको उद्घोषण तथा भाषणकला तालिम सनिवार सम्पन्न भएको छ । तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको  थियो। पौडेलले  समाज बिकासको क्रम बोल्ने सिपबाटै शुरु हुने हुदा समाजका अगुवाहरू परिमार्जित र परिष्कृत हुन तालिम फलदायी हुने  बताउनुभयो।

    images
    images
    images

    नेतृत्वमा हुनुपर्ने अनिवार्य सीप बोल्ने शैली भएको हुँदा समाजका हर क्षेत्रमा सो अत्यावश्यक  भएको भन्दै सिकेका कुरा व्यबहारमा उतार्न आग्रह गर्नुभयो । पोखरा महानगरपालिका वडा न पाँचका विभिन्न टोल बिकास संस्थाका करिब ८० जना प्रशिक्षार्थीहरूको सहभागी रहेको तालिममा उद्घोषण, भाषण र नेतृत्व बिकासको बारेमा  जमुना बर्षा शर्माले सहजीकरण गर्नुभएको थियो।

    कार्यक्रमको उद्घाटन सत्रमा   समाजका पूर्ब अध्यक्ष कृष्ण प्रसाद बराल,पोखरा महानगर कार्यपालिका सदस्य हरीमाया बिश्वकर्मा, वडा सदस्यद्वय  कल्पना भुवाजी क्षेत्री, गोबिन्द पराजुली  सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    समाजका अध्यक्ष कमला गौतमको अध्यक्षता सम्पन्न उद्घाटन कार्यक्रममा ,स्वागत उपाध्यक्ष  सावित्री कोइराला र   संचालन  महासचिब हेमराज भण्डारीले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ