Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

तनहुँका २५ वर्षीय क्यान्सर पीडितलाई ५ लाख हस्तान्तरण


ग्लोबल पाना
आइतबार, वैशाख ९ २०८१
  • 318
    SHARES

  • images
    तनहुँका २५ वर्षीय क्यान्सर पीडितलाई ५ लाख हस्तान्तरण

    तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई रु पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उहाँको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो । पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट रु पाँच लाख तीन हजार नौ सय सङ्कलन भएको वडा सदस्य कुमार मगरले जानकारी दिए ।

    images
    images
    images

    उक्त रकम वडा सदस्य मगरले पीडितका बुबा डिलबहादुर रानालाई शनिबार हस्तान्तरण गरे । उनले भने, “पीडितको उपचारमा सघाउने मनकारी भेटिएका छन् । सहयता रकम सङ्कलनकोे क्रम जारी छ ।”

    रोगपीडित रानामगरको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । पीडितलाई सहयोग गर्न चाहनेले निर्मला सारु मगरको नाममा खोलिएको एनएमबी बैङ्को खाता नम्बर १९७०१७५४४८९०००१० मा सहयोग रकम दाखिला गर्न वडा सदस्य मगरले अनुरोध गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ