Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढेको छ : मन्त्री शर्मा


ग्लोबल पाना
आइतबार, वैशाख ९ २०८१
  • 352
    SHARES

  • images
    सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढेको छ : मन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको बताएकी छिन् । आइतबार सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सूचना प्रविधि क्षेत्रको अन्तराष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाटमा उनले सरकारले पनि सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आइरहेको बताइन ।

    images
    images
    images

    उनले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढिरहेको पनि बताइन । उनले भनिन्, ‘सूचना प्रविधि क्षेत्रमा पछिल्लो समयमा भएको विकास सँगै सरकारले पनि सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । फलस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ ।

    हरेकजसो सार्वजनिक निकायले कुनै न कुनै रुपमा विद्युतीय माध्यमबाट सेवा प्रवाह र संगठनको संचालन, व्यवस्थापन गरिरहेका छन ।’ मन्त्री शर्माले मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यले त्यसको समसामयीक परिमार्जनको कार्य अगाडि बढाएको जानकारी दिइन् ।

    डिजिटल फाउन्डेसनका पूर्वाधारहरुलाई सुरिक्षत र अन्तरक्रियात्मक बनाउँदै समग्र प्रणालीप्रतिको विश्वासलाई वृद्धि गरी सुशासन र विकासमा टेवा पुर्‍याउने सरकारको लक्ष्य सरकारले ८१-८२ को नीति, कार्यक्रममा तथा बजेटमा सुचना प्रविधि क्षेत्रलाई प्राथिमकता दिने पनि बताइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ