Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पीएनसी पार्टीले बहुमत प्राप्त गर्यो


ग्लोबल पाना
सोमबार, वैशाख १० २०८१
  • 308
    SHARES

  • images
    माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पीएनसी पार्टीले बहुमत प्राप्त गर्यो

    काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । समाचार एजेन्सी पीटीआई र एएफपीका अनुसार मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको छ । माल्दिभ्सको निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार आइतबार साँझ ५ बजेसम्म करिब दुई लाख मानिसले मतपत्र मार्फत आफ्नो मताधिकार प्रयोग गरेको जनाएको छ ।

    images
    images
    images

    निर्वाचन आयोगले ९३ सिटमा ७२.९६ प्रतिशत मतदान भएको दाबी गरेको छ । मतदान गर्नेमध्ये १ लाख ४ हजार ८२६ पुरुष र १ लाख २ हजार ८६७ महिला थिए । ९३ सिटका लागि १३० स्वतन्त्रसहित ३६८ जना उम्मेदवार मैदानमा थिए ।

    गत वर्ष सेप्टेम्बरमा मोहम्मद सोलिहलाई हराएर मुइज्जु राष्ट्रपति बनेका थिए । तर, अहिलेसम्म संसदमा मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ