Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

श्रीलंकामा कार रेस प्रतियोगितामा कार अनियन्त्रित हुँदा दुर्घटना, ७ जनाको मृत्यु


ग्लोबल पाना
सोमबार, वैशाख १० २०८१
  • 345
    SHARES

  • images
    श्रीलंकामा कार रेस प्रतियोगितामा कार अनियन्त्रित हुँदा दुर्घटना, ७ जनाको मृत्यु

    काठमाडौं । श्रीलंकामा आइतबार एक रेसिङ कार्यक्रमका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा १८ जना घाइते समेत भएका छन् ।

    images
    images
    images

    स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलंकाको सेन्ट्रल हिल्स क्षेत्रमा भएको हो । मृत्यु हुनेमा दौड आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको सेनाले जनाएको छ ।

    दौड श्रीलंकाली सेनाले दियातलावामा आयोजना गरेको थियो र यो श्रीलंकाली सेनाको २८ औं कार्यक्रम थियो।

    दौड प्रतियोगिता हेर्न करिब एक लाख दर्शक पुगेका थिए । तर, यो दुर्घटनापछि कार्यक्रम बीचमै रद्द भएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ