इटहरी । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौं उपत्यकासहितका बजारमा पनि बिक्री बितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरेको हो ।
झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्द्रित व्यापार थालेको अध्यक्ष यादव ढकालले बताए । अध्यक्ष ढकालका अनुसार बजारीकरणको पहिलो चरणमा काठमाडौँको चाहवहिलमा शीत भण्डार स्थापना गरिएको छ ।
पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामाग्रीहरु स्टोर गरी काठमाडौँ, भक्तपुर,ललितपुर सहित काभ्रेपलान्चोकका बजारमा विक्री वितरण गर्दै आएको संस्थाका बजार प्रमुख नवराज नेपालले जानकारी दिए । कामधेनुले यस आर्थिक वर्ष भित्रमै उपत्यकाका २० मुख्य बजारहरूमा विक्री केन्द्र खोल्न लागेको बजार प्रमुख नेपालले बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


