Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

२ हेलिकप्टर आकाशमा ठोक्किँदा दुवै हेलिकप्टरमा सवार सबैको निधन


ग्लोबल पाना
मंगलबार, वैशाख ११ २०८१
  • 396
    SHARES

  • images
    २ हेलिकप्टर आकाशमा ठोक्किँदा दुवै हेलिकप्टरमा सवार सबैको निधन

    काठमाडौं । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ ।

    images
    images
    images

    हालसम्म उक्त दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् ।

    मलेशियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए। दुबै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा जनधनको क्षति भएको पनि केही रिपोर्टमा भनिएको छ तर यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

    स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर एक स्टेडियममा ठोक्किएर खसेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ