दैलेख। रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ। आज भैरवी गाउँपालिका-६ कुसापानीमा गहुँ काटिरहेका स्थानीयलाई आक्रमण गर्दा एउटै बँदेलले सात जनालाई घाइते बनाएको छ।
घुम्नेखाली, पाण्डेटोल र पुनडाँडाका तीन वटा टोलमा गहुँ काट्दै गरेका, बाटोमा हिँड्दै गरेका सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरवी गाउँपालिका-६ का वडाध्यक्ष तुलबहादुर हमालले बताए।बँदेलको टोकाइबाट भैरवी गाउँपालिका-६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिंजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते भएका छन्।
घाइते सबैलाई लखेट्दै बँदेलले पछिल्तिरबाट खुट्टाका साप्रामा टोकेको पानीपोखरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कणर्बहादुर रोकायले जानकारी दिए। घाइते सबैलाई स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ।
घाइतेमध्ये गणेश सलामी गम्भीर घाइते भएकोले थप उपचारका लागि सदरमुकाम ल्याइएको वडाध्यक्ष हमालले बताए। गएको फागुनमा भैरवी गाउँपालिका-६ घुम्नेखाली घरमै बसेकी पवित्रा कँडेललाई बँदेलले दायाँ खुट्टाको साप्रो र हातको औँला टोकेर अपांग भएकी छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


