✍️रामकृष्ण पोखरल
वैश्विक जलवायु परिवर्तनका कारण सामुद्रिक जीवहरूको ब्यवहार परिवर्तन हुँदै गर्दा समुद्रमा रहेको अति सुन्दर कोरलको रंग पनि खुलिएको देखेर प्रकृति प्रेमीहरू बडो आकुल ब्याकुल भई रहेको देखिन्छ । यो पंक्तिकारले समुद्रमा जलवायु परिवर्तनका कारण कोरलको रंग खुइलिए जस्तै नेपालका राजनीतिक दलका नेताहरू पनि खुइलिको देखिन थलेका छन् । भारतमा भई रहेको बृहत संसदीय चुनावको पर्व सुरु भएको छ । यो चुनावमा भारतको प्रमुख राजनीतिक दलले बलिउड रंगमंचका फिल्मी हिरो ‘गोविन्दा’ लाई दलको तर्फबाट बंम्बईबाट चुनाव लडन उम्मेदवार हुन टिकट दिने प्रस्ताव गर्दै गर्दा यो पंक्तिकारलाई समुद्रको कोरलको रंग खुइलिएको जस्तै उम्मेदवार बनाउनु समयको मांगबाट विपरित हुने छ ।
जलवायु परिवर्तनका कारण कोरलको रंग खुइलिएकोमा प्रकृति प्रेमीहरू चिन्तित भए जस्तै नेपालका रंग खुइलिसकेका राजनीतिक दलहरूका सुप्रिमोहरू नेपालमा आउँदो चुनावमा उम्मेदवार हुने हो भने भारतीय बलिवुड हिरो ‘गोविन्दा’ को अवस्थामा पुग्ने छन भन्ने आम चर्चा छ । अर्थात चाहे त्यो नेपाल कम्सुनिष्ट पार्टि एमालेका सुप्रिमो हुन वा बुडो शेर जसले आफै शिकार गर्न सक्दैन उ गुफामा बसेर शिकार मारेर कसैले ल्याई दिन्छ कि भनि कुरेर बस्ने शेर होस वा हरियो जंगली घांस देखेर ब्रुक ब्रुक उफ्रेर एउटा कांन्दलाबाट अर्को कान्दलामा उफ्रिदै अर्काको बारीको घांस चोर्न जाने माओवादी केन्द्रका सुप्रिमो होस यी सबैलाई जनताले चिनि सके । जानी सके । प्रायः नयां र पुराना दलको आचरण, ब्यवहार र मनोदशा हेर्दा त नेपाली उखानको संम्झना आउँछ । ‘जुन जोगि आए पनि कानै चिरेका’ हो यो मनोदशावबाट गुज्रिरहेको अवस्थालाई युवा पुस्ताले नियालिएर हरिरहेको छ । उहिले राणाकालमा राणा सत्ताका नजिकरहेका हजुरियाहरूले तर मार्ने गरेको सुनिन्थ्यो ।
तर अहिले हजुरिया कर्मचारीदेखि राजनीतिक दलका नेता, नेत्री, पदबहाल भएका नभएका आफैले डाडु पुन्यु आफै चलाई वा आफ्ना बफादारमार्फत दलाली गरी सम्पती आ-आफ्ना परिवार र हजुरियाहरबाट लुट मचाउन नै लोकतंत्र आएको होत भन्ने गुनासो यत्र त्यत्र सुनिने गरिन्छ । यसैको परिणाम हो नेपालका युवा युवतीहरूको विदेश पलाएन हुने चरमउत्कर्ष अवस्था नेपालले भोग्नु परेको छ ।
हालै भारतमा भई रहेको आम निर्वाचनको पहिलो चरणको मतदानमा त्यहाँका युवा भोटरहरू मध्ये झण्ंडै ४८ प्रतिशतले त भोटै खसाल्न गएनन । यसको मुलकारण मुलुकमा भएको भ्रष्टाचार प्रतिको बितृष्ण हो भन्ने निश्कर्ष छ । भारतको सराकारी (निजामती सेवा) मा जागिर खाने युवा पंक्तिले रूचाएनन् । यसको मुलकारण हो सरकारी कर्मचारीहरूलाई राजनितीक दबाव दिई गैर कानुनी काम गर्ने गराउने प्रवृति चरम अवस्थामा रहेको छ । कुनै देशका युवा पंक्तीका ब्यक्तिहरू भ्रष्टाचार, अनियमितता, कुशासन मन पराउदैनन् भन्ने उदाहरण नेपाललगायत विश्वका अन्य मुलुकमा देखिने गरेको छ । नेपालका युवा युवतीहरूको विदेश जाने लर्कोको प्रमुख कारण हो ।
हरेक तहमा चरम भ्रष्टाचार, नातावाद फरियावादले अवसर पाउने र सामाजिक सुरक्षा बाट जन्मदेखि मृत्युसम्म राज्यबाट बंचित रहने अवस्थाका कारण नेपाली युवा युवतीहरू विदेशिने क्रम बढ्दो छ ।
२०७९ सालको चुनावमा दुई वटा नयाँ दलको रुपमा जनमत पार्टी र राष्ट्रिय स्वतंत्र पार्टी चुनावी प्रतिस्पर्धामा ओर्लिदै गर्दा स्वतंत्र युवा युवतीहरूको जमात उत्साहित भई यी दलका अगाडि पछाडि लागेका थिए । तर समयको पर्खाईमा रहदै गर्दा नयां दलका सुप्रमोनै सहकारीको रकम हिनामिनादेखि अनेकौं आरोप खेप्न थाले । यो नयाँं दलको अवस्था र पुराना दलका नेताहरू सामुद्रिक ‘कोरल’ को रंग खुईलिए जस्तै हुन । अनि एक थरी कम्युनिष्ट बिचारकहरू नेपालमा सडकबाट समाजवाद ल्याउने, अर्को थरी वैज्ञानिक समाजवादको प्रयोग गर्ने, तेस्रो थरी समावेशी समाजवादको वकालत गर्नेको जमातले नै नेपालको राजनीतिलाई जकडी रहेको छ ।
यस अर्थमा नेपालबाट अर्को दस वर्षसम्म पनि युवा युवतीहरूको बिदेश जाने लर्को लागि रहने छ भन्ने आम विस्वास रहेको छ । नेपालको वर्तमान अवस्थाको ‘राजनितीक कोर्ष करेक्सन’ गर्न नेपालका ईमान्दार, क्षमतावान, निष्ठानान युवा युवती र बुद्धजिवीहरू अगाडि आउनु पर्छ भन्ने यो पंक्तिकारको पनि ठम्माई रहेको छ ।
‘राजनितीक कोर्ष करेक्सन’ को थालनी संघीय संसद र प्रदेश सभाको समुनपातिक चुनावको पुनरावलोकन गरी संख्या घटाउने र यसको उचित ब्यवस्थापन गर्ने, स्थानीय सरकारको अधिकाको पुनरावलोकन गरि दैनिकी रूपमा जनतासँग जोडिएको ‘दैनिकी सरकार’ को क्षमता ब्यापकरूपमा अभिबृद्धि गरी सहभागितात्मक स्थानीय सरकारको रूपमा स्थापित गर्न कानुन निसमहरूमा संशोधन गर्ने कार्य गरौं ।’
नयाँ डिजिटाईज्ड नेपाल बनाउने अभियान स्थानीय सरकार, प्रदेशिक सरकार र संघीय सरकारको डिजिटाईज्ड नेशनको पहिचान बनाउन वर्तमान राजनितीक कोर्षको करेक्सन गरौं र लोकतंत्रलाई स्थायत्वि दिन सामुद्रिक ‘कोरल’ को रंग उडी सकेका राजनीतिक नेताहरूको उचित ब्यवस्थापन गर्न आन्दोलन सुरू गरौं भन्ने आम चर्चा यत्र तत्र छ ।
(लेखक नागरिक लगानी कोषको पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ ।)
.gif)




 x 450 (H) Global Pana.jpeg)


