Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रुकुमपश्चिममा एक सय ४६ जनाको आँखा शल्यक्रिया


ग्लोबल पाना
शनिबार, मंसिर २४ २०७९
  • 248
    SHARES

  • images
    रुकुमपश्चिममा एक सय ४६ जनाको आँखा शल्यक्रिया

    रुकुम । रुकुमपश्चिममा एक सय ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो । जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच शिविरमा उनीहरुमा मोतियाविन्दु पहिचान भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिए ।

    images
    images
    images

    सानीभेरी, त्रिवेणी, बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । दुई दिनसम्म चलेको निःशुल्क आँखा जाँच तथा शल्यक्रया शिविरबाट छ सय ९६ आँखाका बिरामीले सेवा लिएका छन् ।

    नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा शिविरको आयोजना गरेको हो । शिविरमा नेत्र विशेषज्ञ डा सुरेश रसाइलीको नेतृत्वमा १६ स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले सेवा दिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ