Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न


ग्लोबल पाना
शुक्रबार, वैशाख १४ २०८१
  • 298
    SHARES

  • images
    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

    काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा बेसहारा बालबालिकालाई आवासीय र शिक्षाको व्यवस्था गर्ने उद्देश्यले श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव, ब्रतबन्ध,गुन्यु चोलो सम्पन्न भएको छ ।

    images
    images
    images

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित रहेका ५८ जना बालबालिकाहरुको लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने आश्रम सञ्चालनको खर्च जुटाउन बैशाख ६ गते शुरूवात भई बिहिवार एक औपचारिक कार्यक्रम बीच श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) सम्पन्न भएको हो।

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका बालबालिकाहरुको सहयोगार्थ आयोजना भएको श्रीमद्भागवत ज्ञानमहायज्ञ, पितृमोक्षका साथै संस्थामा आश्रित १०जना बटुकहरुको ब्रतबन्ध र ६ जना कन्याहरुलाईं सामुहिक गुन्यु चोली प्रदान गरिएको अध्यक्ष तिलबहादुर कार्कीले जानकारी दिनुभयो ।

    महायज्ञको औपचारिक समापनमा मुल आयोजक समितीका संयोजक हरि कुमार भण्डारीले महायज्ञ सम्पन्न गर्नको लागि सहयोग गर्ने दाता लगाएत कार्यक्रमको गरिमा बढाउन सहभागि भएका बिभिन्न संघ सस्थाका प्रतिनिधि प्रति धन्यवाद पनि ज्ञापन गरेका छन ।

    आगामी दिनमा पनि अनाथ बालबालिकाको लागि सबैलाइ सकेको सहयोग गर्न समेत भण्डारीले अपिल गरेका छन । प्रमुख कथा बाचक पं.चन्द्रकान्त काफ्ले ,उप बाचक हिमलाल काफ्ले र बाल कृष्ण न्याैपानेको अत्यन्त राम्रो प्रस्तुती रहेको थियो।

    यज्ञमा कलाकार सरोज ढकाल,सुजन लामा,बिकाश थापा,पदम क्षेत्री लगायतको टोलीले अत्याधुनिक बाध्यबाधन सहित सबैलाइ मोहित तुल्याउनु भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ