Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

पार्टी बलियो भयो भने सबैले फाइदा लिन सक्छन् : डा. प्रकाशशरण महत, प्रवक्ता नेपाली कांग्रेस


ग्लोबल पाना
शुक्रबार, वैशाख १४ २०८१
  • 238
    SHARES

  • images
    पार्टी बलियो भयो भने सबैले फाइदा लिन सक्छन् : डा. प्रकाशशरण महत, प्रवक्ता नेपाली कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी बलियो भने मात्र सबै बलियो हुने बताउनु भएको छ । शुक्रबार नेपाल किसान महासङ्घले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले भन्नुभयो, ‘अहिलेको परिवेशमा पार्टीभन्दा पनि व्यक्तिगत प्रचारले प्रशय पाइरहेको छ ।

    images
    images
    images

    यसले संगठनमा समस्या ल्याएको छ ।’ उहाँले व्यक्तिवाद होइन, संगठनलाई केन्द्रविन्दूमा राख्न आग्रह गर्नुभयो । संगठन बलियो भने वा विस्तार भएर नेपाली कांग्रेसको लोकप्रियता बढ्यो भने हामी सबैले त्यसबाट फाइदा लिन सक्ने उहाँको भनाइ थियो । व्यक्ति बलियो हुँदै जाने, पार्टी खिइदै जाने हो भने पार्टीबाट कसैले फाइदा लिन नसक्ने उहाँको भनाइ थियो ।

    प्रवक्ता डा. महतले भन्नुभयो, ‘राजनीतिक दलको भ्रातृ र शुभेच्छुक संस्थाको महत्व भनेकै पार्टीको विचारलाई सम्बन्धित क्षेत्रमा पुर्याउने हो । विद्यार्थी संघले पार्टीको विचारलाई लिएर जाने, तरुण दलले तरुणसमक्ष लिएर जाने, किसान संघले आम किसानको बीचमा नेपाली कांग्रेसको संगठनलाई विस्तार गर्नुपर्छ ।’ भ्रातृ संगठन भनेका सम्बन्धित क्षेत्रमा पहुँच विस्तार गर्ने पार्टीका महत्वपूर्ण साधन भएको प्रवक्ता डा. महतले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अहिले पनि ६५ प्रतिशत किसान भए पनि कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा २५ देखि २६ प्रतिशत कृषिको योगदान छ । यो विस्तारै घट्दैछ । अर्थात् थोरै जिडिपीमा बहुमत जनसंख्या यो आम्दानीमा निर्भर छ । किसानमा निर्भर नेपाली जनसंख्याको सालाखाला आम्दानी अन्य पेशा व्यवसायमा संलग्न हुनेहरुको भन्दा धेरै कम छ । यसले पनि कृषिको उत्पादकत्वको समस्यालाई उजागर गर्छ ।’

    उहाँले भन्नुभयो, ‘किसानको समस्या संगठनमार्फत् पार्टीमा ल्याउने र पार्टी सरकारमा गएपछि सम्बोधनका उपाय के–के कार्यान्वयन गर्नुपर्छ । सरकारमा नजाँदा खबरदारी गर्नुपर्छ । यो काम हामीले गर्नैपर्छ, अहिलेको नेतृत्वबाट सम्भव छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ