Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने, तराईका जिल्लामा हावाहुरी चल्ने


ग्लोबल पाना
सोमबार, वैशाख १७ २०८१
  • 268
    SHARES

  • images
    चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने, तराईका जिल्लामा हावाहुरी चल्ने

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।

    images
    images
    images

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही देशको बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ