Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

एनआईसी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया बढुवा


ग्लोबल पाना
सोमबार, वैशाख १७ २०८१
  • 330
    SHARES

  • images
    एनआईसी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया बढुवा

    काठमाडौं। एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुन राज खनिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन्। बैंक संचालक समितिले खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको बैंकले जनाएको छ।

    images
    images
    images

    सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवं इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन्। सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए।

    तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा योगदान पुर्याएका खनिया हाल बैंकको रणनीतिक प्रदर्शन व्यवस्थापन इकोसिस्टमरअनुभव आश्वासन इकोसिस्टम प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन्।

    बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको परिवर्तनकारी यात्रा मा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गरेका खनियालाई बैंकले दिएको नयाँ जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्ने बैंकले बिश्वास लिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ