Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

होमस्टे महासंघ गण्डकीको  प्रशिक्षक प्रशिक्षण 


ग्लोबल पाना
सोमबार, वैशाख १७ २०८१
  • 373
    SHARES

  • images
    होमस्टे महासंघ गण्डकीको  प्रशिक्षक प्रशिक्षण 

    पोखरा ,बैशाख १७ ।  होमस्टे महासंघ गण्डकीको सात दिने  प्रशिक्षक प्रशिक्षण आइतबारदेखि पोखरामा शुरु भएको छ। उक्त प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।

    images
    images
    images

    पौडेलले होमस्टे संचालकहरूको स्थानिय पर्यटन प्रबर्द्धनमा महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै आन्तरिक पर्यटन प्रबर्द्धनका काममा योजनाबद्ध तवरले लाग्न आग्रह गर्नुभयो ।

    पौडेलले स्थानिय उत्पादनको प्रयोगमा जोड दिन आग्रह गर्दै स्थानिय कला संस्कृतिको पहिचान ,संरक्षण र प्रचार प्रसार संगै स्थानिय गन्तव्यहरूको उचित सम्भार र बिकासका कार्यक्रम संचालन आजको टड्कारो आबश्यकता भएको भन्दै  स्थानिय तहहरूले सोही अनुसार नीति कार्यक्रम निर्माण गर्न आग्रह गर्नुभयो ।

    उद्घाटन कार्यक्रममा होमस्टे महासंघका केन्द्रिय उपाध्यक्ष थानेश्वर बस्याल, महासंघकै केन्द्रिय महासचिव कृष्णलाल चौधरी, होमस्टे महासंघ गण्डकीका सचिब कृष्ण तिमिल्सिना, भुम्दी आमा समुहका अध्यक्ष राधा गुरुङ, भुम्दी टुनार सामुदायिक होमस्टेका अध्यक्ष राम गुरुङ सहितले मन्तव्य व्यक्त गर्नु भएको थियो।

    होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनिराम गैर्हेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन खनाल र संचालन होमस्टे महासंघ गण्डकीका निबर्तमान अध्यक्ष हरिलाल पौडेलले गर्नुभएको  भुम्दिका स्थानिय होमस्टे संचालक याम गुरुङले जानकारी दिनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ