Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीको सडक आश्रीत मानबमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक 


ग्लोबल पाना
मंगलबार, वैशाख १८ २०८१
  • 225
    SHARES

  • images
    जिसस कास्कीको सडक आश्रीत मानबमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक 

    बैशाख १८,पोखरा ।  जिल्ला समन्वय समिति कास्कीले सडक आश्रीत सहयोगापेक्षी मानबमुक्त जिल्ला कार्यान्वयनका सन्दर्भमा कास्की जिल्लास्तरिय समन्वय बैठक एबम अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रमको उद्घाटन गर्दै उप प्रमुख सरिता मालले   सडक मानबमुक्त जिल्ला प्रदेश र मुलुक बनाउन सबै सरोकारवालाहरूको सामुहिक प्रयासले मात्रै संभब हुने उल्लेख गर्नुभयो ।

    images
    images
    images

    उहाँले कार्यान्वयनका लागि समन्वय बैठक आयोजना गरिएको बताउनुभयो। मालले  अब कास्कीका कुनै पनि पालिकामा सडक आश्रीत मानव नहुने गरि ऊनीहरूको उद्धार , पुनर्स्थापना र उपचारका लागि उपयुक्त कानुन तथा नीति निर्माण गरि कार्यक्रम बनाउन स्थानिय तहहरूलाइ आग्रह गर्नुभयो।

    गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहनु भएका रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गण्डकी प्रदेश सरकारले नै  बि स २०८२ भित्र सडक मानव मुक्त प्रदेश कार्यक्रम घोषणा गरिसकेको अबस्थामा सो को प्रभाबकारी कार्यान्वयनका लागि आफुहरू हातेमालो गर्दै आबश्यक नीति निर्माण गरेर आगामी आर्थिक बर्षमा  विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले सडक मानबमुक्त पालिका निर्माणका लागि  आफ्नो पालिका प्रतिबद्धताका साथ लाग्ने  उल्लेख गर्नुभयो। अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले हरेक नागरिकहरूको मानव अधिकारको पुर्ण प्रत्याभूति सहितको जिल्लाका लागि आफ्नो पालिकाको तर्फबाट कुनै कसुर बाकी नराख्ने उल्लेख गर्नुभयो ।

    अधिकारीले विभिन्न कारणले सडक आश्रीत हुन बाध्य नागरिकको उद्धार, उपचार र स्थापनाका लागि प्रभाबकारीरूपले लाग्नु पर्ने उल्लेख गर्नुभयो । मानव सेवा आश्रम पोखराका कार्यक्रम प्रमुख सदिस पूनले गण्डकी प्रदेशमा सडक आश्रीत मानबको अबस्था, उद्दारमा भएका कार्यहरू सहित  मानव अधिकारको क्षेत्रमा नागरिकले पाउनु पर्ने संबैधानिक तथा कानुनि ब्यबस्थाको बारेमा परिचर्चा गर्नुभएको थियो। 

    कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख, उप प्रमुख कार्यकारी अधिकृत, जिससका सदस्यहरू सहित सरोकारवाला सरकारी निकायहरूको उपस्थिति रहेको जिसस कास्कीका  निमित्त कार्यालय प्रमुख सरोज आचार्यले जानकारी दिनुभयो ।

    जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता मालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य राजु अधिकारी ले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ