Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन


ग्लोबल पाना
बुधबार, वैशाख १९ २०८१
  • 302
    SHARES

  • images
    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन

    काठमाडौं । ८६ बर्षिया ज्योती कोईरालाको ज्योतीको सङ्गालो गिति संग्रह विमोचन गरिएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले बुधबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममाझ उक्त गिति संग्रहको विमोचन गरेका हुन् ।

    images
    images
    images

    सोही अवसर माझ ज्योती कोईराला र उनका श्रीमान ठाकुर प्रसाद कोईरालाले भतिज डा. भगवान कोईरालाको अध्यक्षतामा निर्मित काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालमा उपचारका लागि आउने गरिव तथा निमुखा बालबालिकाको उपचार सहयोगका लागी पच्चिस लाख सहयोग स्वरुप प्रदान गरेका छन् ।

    सो अवसरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले उमेरलाई सिर्जनाले छेक्दैन भन्ने ज्वलन्त उदाहरणका रुपमा ज्योती कोईरालालाई लिन सकिने उल्लेख गर्दै स्वास्थ्य शरीरले नै नयाँ चिन्तन र सिर्जना गर्ने मौका मिल्ने बताए ।

    कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारे प्रष्ट पार्दै ७ दशक अघिको परिवेशलाई यस गिति संग्रहमा समेटिएको जानकारी दिईन्। कार्यक्रममा सभापतिको आसनबाट बोल्नेक्रममा सर्जकका पति एवम विमोचन कार्यक्रमका सभापति ठाकुर प्रसाद कोईरालाले ज्योती कोईरालाले विहान बेलुका गुनगुनाउने गरेको आफूले पाएको र सो बारे कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिदै गिति संग्रह निकालिएको बताए।

    कार्यक्रम माझ लोक गायक बम बहादुर कार्कीले ज्योतीको संगालोमा तिज भाकाका पुराना गितहरु संग्रहित रहेको र कोईरालाँ जस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गितको जगेर्ना गर्न सकिने बताए ।

    त्यसैगरि प्रा. डा. भगवान कोईरालाले आफना अभिभावकले सिर्जना पस्किएकामा गर्व र खुसी लागेको बताउदै अस्पतालमा उपचारका लागि आउने गरिव तथा निमुखा बालबालिकाको उजचारमा खर्च गर्नका लागि ठाकुर प्रसाद र ज्योती कोईराला दम्पतीले गर्नुभएको सहयोगका लागि धन्यवाद व्यक्त गरे।

    सो अवसरमा परिवारकातर्फबाट बोल्ने क्रममा शान्ता बास्कोटा कोईरालाले सबैमा धन्यवाद ज्ञापन गर्दै झन्डै ९० छुनै लाग्दा यसरी गिति सङ्ग्रह ल्याउन सफल ज्योती कोईराला र उहाँलाई झक्झकाउनु हुने ठाकुर प्रसाद कोईरालाप्रति निष्ठा प्रकट गर्न चाहेको उल्लेख गरिन् । युवा संगितकार दिपक शर्माको संगितमा तयार पारिएको ५ वटा गितहरु ज्योतीको सङ्गालोमा संग्रहित छन् ।

    यस गिति संग्रह मध्ये एकमा सर्जकका सुपुत्र ईन्जिनियर अर्जुन कोईरालाको समेत स्वर र अभिनय रहेको छ भने सबै गितमा श्रष्टा स्वयम्को स्वरसहित भिडियो निर्मित छ ।

    पाल्पामा जन्मिएकी ज्योती कोईरालाले आज भन्दा ७०,८० बर्ष पहिले चेलीहरुले भोगेका दुख, कष्ट, ईच्छा, आकांक्षालाई गित संगितको माध्यमबाट व्यक्त गरेकी छन् । यस मौलिक संग्रहमा गैरि खेतको रोपाईपछि महिलाहरुको दुख सुख पोख्ने चाड तीजमा माईती लिन आउने आशा र तीजमा रमाउने कुरा ज्योती कोईरालाले गितमा दर्शाएकी छिन्।

    नेपाली गाउँघरमा ७०,८० वर्ष पहिला महिलाहरुले लगाउने गरगहनाहरु जस्तै तिकिया, बालिया, कलिया आदिका बारेमा पनि यस गितमा वर्णन गरिएको पाईन्छ । उमेर भनेको अंक मात्र हो भन्ने उदाहरण पेश गर्दै ८६ बर्ष पार गरेकी कोईरालाले जीवनका विभिन्न आयामहरु गित संगितको माध्यमबाट चित्रण गरेकी छन् ।

    ज्योती कोईरालाको आट र साहस गरे के हुँदैन र गर्नका लागि उमेर बाधक होइन भन्ने कुरा जेष्ठ नागरिकसहित सबैका लागि ज्वलन्त उदाहरण बनेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ