Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कतार विश्वकप २०२२: फाइनलमा कुन-कुन टिम पुग्लान् ?


ग्लोबल पाना
आइतबार, मंसिर २५ २०७९
  • 232
    SHARES

  • images
    कतार विश्वकप २०२२: फाइनलमा कुन-कुन टिम पुग्लान् ?

    काठमाडौं । कतार विश्वकप फुटबलमा शनिबार भएको क्वाटरफाइनलको अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति फ्रान्सले इंग्ल्यान्डलाई हराएसँगै विश्वकपको अन्तिम चारको समीकरण तयार भयो। जहाँ अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम ४ मा पुग्न सफल रहे।

    images
    images
    images

    रोमाञ्चक क्वाटरफाइनल भिडन्तबाट पाँच पटकको च्याम्पियन ब्राजिल बाहिरिंदा दाबेदार पोर्चुगलको पनि विश्वकप यात्रा अन्त गर्न बाध्य भयो। तर विश्वकपको इतिहासमा अफ्रिकन राष्ट्र मोरक्को नयाँ इतिहास बनाउँदा टिमलाई सेमिफाइनल सम्म पुर्याउन केही टिमका गोलरक्षक नायक सावित बने।

    विश्वकपका ६४ मध्ये ६० खेल सकिंदा अब चार खेल बाँकी छन्। तेस्रो स्थानको खेललाई छाड्ने हो भने अबको तीन खेल सर्वाधिक प्रतिक्षित रहेका छन्। क्वाटरफाइनलबाट ब्राजिल, नेदरल्यान्ड्स पेनाल्टी सुटआउटबाट बाहिरिंदा पोर्चुगल र इंग्ल्यान्डले भने निर्धारित समयमानै हार भोगेर आफ्नो यात्रा अन्त गरे।

    त्यसअघि दुई पूर्वविजेता जर्मनी र उरुग्वे समूह चरणबाटै बाहिरिए भने अर्का पूर्वविजेता स्पेन अन्तिम १६ बाट घर फर्किन बाध्य भएको थियो। तर यो पटक ‘अन्डर डग’ मोरक्कोले तहल्का मचाएको छ। उसले फरक इतिहास बनाउने क्रममा विश्वकपमा सेमिफाइनल पुग्दा केवल १ मात्र गोल खाएको छ। त्योपिन उसको विपक्षी टिमले गरेको भने होइनले उसले आत्माघाती गोल खाएको थियो।

    विश्वकपको सेमिफाइनल पुग्ने चार मध्ये दुई टिम पूर्व विजेता रहँदा दुई टिम भने पहिलो पटक उपाधिको प्रयासमा रहेका छन्। अर्जेन्टिनाल र फ्रान्सले उपाधि जितिसक्दा क्रोएसिया साविक उपविजेता र मोरक्को भने विलकुल नौलो अनुभव गरिरहेको टिम हो।

    अब सेमिफाइनल समीकरणमा फ्रान्स र अर्जेन्टिना फरक पोलमा रहेकाले स्वभाविक रुपमा फाइनल पुग्ने दुई टिम बारे सर्वाधिक चासो छ।

    फाइनलका लागि दुई पूर्व विजेता ‘फेब्रइट’ मानिन्दा क्रोएसिया र मोरक्कोले समेत फाइनल पुग्ने समिकरण बन्न सक्ने छ। यदि क्रोएसिया र मोरक्को फाइनल पुगेमा विश्वकपले १२ वर्षपछि नयाँ विजेता पाउने छ।

    पछिल्लो पटक विश्वकप जित्ने नयाँ टिमका रुमा स्पेन रहेको थियो। उसले २०१० मा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ