Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना


ग्लोबल पाना
शुक्रबार, वैशाख २१ २०८१
  • 298
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना

    काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा ३०० जनाभन्दा बढी ग्राहकहरुको उपस्थितिथि रहेको थियो।

    images
    images
    images

    कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्शन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराउनुभएको थियो।

    उक्त शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ । ग्लोबल आएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो ।

    यस बैंकमा ४६ लाखभन्दा बढी निक्षेपकर्ताहरु एवं ६० हजार भन्दा बढी ऋणीहरु रहनुभएको छ । आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा सर्वसुलभ तरिकाले पुर्याउने हेतुले बैंकले विभिन्न किसिमका डिजिटल प्रोडक्टहरु ग्राहकहरुबिच पस्किँदै आइरहेको छ । यो कार्यक्रम विगत केहि वर्षदेखि यस बैंकका सबैजसो शाखाहरु मार्फत हरेक वर्ष अभियानकै रुपमा संचालन हुँदै आएको छ ।

    उक्त कार्यक्रममा बैंकले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी कुनैपनि डिजिटल बैंकिङ सुविधाहरु नलिएका, सुविधा लिएर पनि उक्त सुविधाको भरपुर उपभोग नगर्नुभएका तथा नियमित रुपमा उक्त सुविधाहरु प्रयोग गर्नुभएका ग्राहक महानुभावहरुलाई आमन्त्रण गरेको कुरा जानकारी गराइएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ