Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

रबिन्द्रको  जन्मजयन्तीमा रक्तदान र परिसंवाद 


ग्लोबल पाना
शनिबार, वैशाख २२ २०८१
  • 290
    SHARES

  • images
    रबिन्द्रको  जन्मजयन्तीमा रक्तदान र परिसंवाद 

    पोखरा, बैशाख २२ । दिबङ्गत मन्त्री रबिन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अबशरमा पोखरामा शनिबार  रक्तदान र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । शनिबार उनको स्मृतिमा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि जन्मजयन्ती मनाएको हो ।

    images
    images
    images

    बिहान आयोजित रक्तदान कार्यक्रममा चालीस युनिट रगत संकलन भएको प्रतिष्ठानले जनाएको छ। रक्तदानको प्रतिष्ठानका अध्यक्ष बिद्या भट्टराईले उद्घाटन गरेकी थिइन। त्यसैगरी   "स्मृतिमा रबिन्द्र अधिकारी" बिषयक परिसंवाद कार्यक्रममा  बोल्ने बक्ताहरूले बिकासका कुशल योजनाकार र जनताको सच्चा जनप्रतिनिधिको रूपमा स्मरण गरे।

    कार्यक्रमका प्रमुख बक्ता गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर श्रीकान्त खतिवडाले राष्ट्रिय राजनिती मात्रै नभएर  देशको बिकासका महत्त्वपूर्ण योजनाकार प्रभाबशाली छवि भएका नेताको रूपमा चित्रित गरे। 

    प्रतिष्ठानका सदस्य कालिदास तिमिल्सिनाले बिकास र समृद्धिका कुशल योजनाकार भन्दै अधिकारी आफ्ना कुरा स्थापित गर्न सक्ने अद्वितीय क्षमताका  धनी  भएको बताए। प्रतिष्ठानका अर्का सदस्य राजेन्द्रमणि लामिछानेले अधिकारी  कुशल नेता मात्रै नभएर बिकासका असली अभियन्ता र  साझेदार भएको उल्लेख गरे। 

    कार्यक्रममा ने क पा एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी ,नेपाली काङ्ग्रेस कास्कीका सभापति किशोरदत्त बराल , गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्ब  सदस्य डाक्टर  शान्ता खत्री ,पृथ्वीनारायण क्याम्पसका पूर्ब क्याम्पस प्रमुख गेहेन्द्र्श्वर कोइराला सहितले राजनितीलाई संस्कार र अनुशासनसंग जोडेर बिकासमा सृजनशिलता जोड्ने नेता भएको उल्लेख गरे।

    राजनितीलाई इमानसंग जोडेर जनताको बिश्वास निरन्तर जित्ने सफल नेता  रबिन्द्र भएको र रबिन्द्र अधिकारीले खोजेको  समृद्ध समाज निर्माणका लागि मिहिनेतका साथ लाग्न  कार्यक्रमका अधिकान्स बक्ताहरूले  जोड दिएका थिए।

    रबिन्द्र अधिकारी स्मृति प्रतिस्ठानका अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य  अर्जुन अधिकारी र संचालन सदस्य  रश्मि आचार्यले गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ