Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९बैशाखमा


ग्लोबल पाना
शनिबार, वैशाख २२ २०८१
  • 321
    SHARES

  • images
    राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९बैशाखमा

    काठमाडौं, २२ बैशाख राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारण सभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो ।

    images
    images
    images

    संघका महासचिब अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन बैशाख २८ गते काठमाडौंको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ । संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिब खातीले जानकारी गराए । संघको निर्वाचन भने २९ बैशाखमा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताए ।

    संघका कार्यबाहक अध्यक्ष प्रकाश कटवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भईरहेको छ । मुलुकका सात प्रदेश र काठमाडौं उपत्यका थप एक प्रदेश गरी संघको ८ प्रदेश रहेको र जसमा २० हजार भन्दा बढी कलाकारहरु सदस्य भएको पनि कार्यवाहक अध्यक्ष कटवालले जानकारी गराए,‘संघका मतदान अधिकार भएका करिब १३ सयजना आजिवन सदस्य हुनुहुन्छ भने ७५ वटै जिल्लाका करिब साँढे पाँचसय प्रतिनिधिहरुले अधिवेशनमा लाग लिनुहुन्छ ।’ यसरी यो अधिवेशनमा करिब दुई हजार कलाकारहरु भेला हुने पनि कार्यवाहक अध्यक्ष कटवालले बताए ।

    यो १८ औं साधारण सभाले संघको विधानमा केही कुरा परिमार्जन गर्ने पनि उनले जानकारी गराए । छैठौं महाधिवशेनले संघको नयाँ कार्यसमिति चयन गर्ने छ । जसका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउने आफुहरुको चाहना रहेको तर लोकतान्त्रिक प्रकृया अन्तर्गत कसैले पदाधिकारीमा उम्मेदवार दिन्छ भने त्यसलाई रोक्ने पक्षमा आफुहरु नभएको पनि संघका तर्फबाट पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो । संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ ।

    बाँकी विभिन्न पदाधिकारीहरु संघको कार्यसमिति बैठकले मनोनयन गर्ने पनि कार्यवाहक अध्यक्ष कटवालले कार्यक्रममा जानकारी गराए । संघका पूर्व अध्यक्ष एवम् अग्रज गायक रेशम थापाले आफुहरुले १८ वर्षअघि कलाकारको हक हितका लागि स्थापना गरेको राष्ट्रिय संगीतकर्मी संघ आज बृहत भएको निकै खुसी लागेको छ भने ।यस्तै संघका सल्लाहकार तथा जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगालेले महाधिवेशनको सफलताको शुभकामना दिँदै सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन हुनेमा आफु विश्वस्त रहेको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ