Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

जापानकी विदेशमन्त्री कामिकावा योको आज नेपाल भ्रमणमा आउँदै


ग्लोबल पाना
आइतबार, वैशाख २३ २०८१
  • 336
    SHARES

  • images
    जापानकी विदेशमन्त्री कामिकावा योको आज नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल भ्रमणका लागि आइतबार (आज) काठमाडौं आउँदैछिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ