Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै


ग्लोबल पाना
आइतबार, वैशाख २३ २०८१
  • 291
    SHARES

  • images
    मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । अधिकारी चैत २५ गते सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने र विश्वासको मत लिने कार्यसूची रहेको छ ।

    images
    images
    images

    अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गतेसम्म सरकार गठन गर्न दलहरूलाई आह्वान गरे ।

    नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजीव गुरुङ ९दीपक मनाङे०को समर्थनसहित चैत २५ गते एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष निदेवन पेस गरेका थिए ।

    उक्त निवेदनमा एमालेका २२ र माओवादीका आठ प्रदेशसभा सदस्य रहेको उल्लेख थियो । दलका नेताको हस्ताक्षर थियो । मनाङेले भने छुट्टै हस्ताक्षर गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ