Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

साईमेक्स् इन्क. प्रा. लि. द्वारा UEFA EURO CUP 2024 को लागि “नेपाली अब युरो कपमा” योजनाको विजेता घोषणा कार्यक्रम सम्पन्न 


ग्लोबल पाना
शुक्रबार, वैशाख २८ २०८१
  • 332
    SHARES

  • images
    साईमेक्स् इन्क. प्रा. लि. द्वारा UEFA EURO CUP 2024 को लागि “नेपाली अब युरो कपमा” योजनाको विजेता घोषणा कार्यक्रम सम्पन्न 

    काठमाडौं । साईमेक्स् इन्क. प्रा. लि. को नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको "नेपाली अब युरो कपमा" अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ। विजेताहरुले जर्मनीमा हुने UEFA EURO CUP 2024 खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउनु भएको छ। यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरुलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

    images
    images
    images

    साईमेक्स् इन्क. प्रा. लि. ले यो सुवर्ण अवसरको लागि फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरुबाट ११ जना भाग्यशाली ग्राहकहरु लक्की ड्रबाट चयन गरि विजेता घोषित गरिएको हो।  बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर श्री हरिवंश आचार्य ज्यू र साईमेक्स् इन्क. का अध्यक्ष श्री अनिल श्रेष्ठ ज्यूले संयुक्त रुपमा लक्की ड्र कार्यक्रम गर्नु भएको थियो।

    दुई चरण गरी लक्की ड्रबाट निकालिएका बिजेताहरुको नामावली अनुसार पहिलो चरणका बिजेताहरुको नाम यस प्रकार रहेको छ :

    बिवाइडी कस्टमर कार्निभल: जयराम न्यौपाने

    कोड नम्बर: ४०७ शास्वत गौतम

    कोड नम्बर: ०७४ श्याम सुन्दर श्रेष्ठ / सुदर्शन श्रेष्ठ

    कोड नम्बर: ०८८ बिजेन्द्र शाक्य

    कोड नम्बर : ३७३ कबिनराज श्रेष्ठ

    कोड नम्बर: ०२६ दिनेश प्याठा

    तथा दोस्रो चरणका बिजेताहरुको नाम

    कोड नम्बर : ६६२ गणेश कँडेल

    कोड नम्बर : ६५३ डा. ममता क्षेत्री/डा. जगदीश तिमिल्सिना

    कोड नम्बर : ६८२ प्रदीप पौडेल

    कोड नम्बर:  १६२ सगरमाथा टेलिभिजन / बिमल गुरुङ

    कोड नम्बर : ६९१ जयप्रकाश दास

    कोड नम्बर : २००  सजिना पाण्डेय

    "नेपाली अब युरो कपमा" योजनाको ११ भाग्यशाली विजेताहरुलाई बधाई दिन पाउँदा हामी अत्यन्तै खुसी छौं, भन्दै यस किसिमका योजनाहरुले ग्राहकवर्गलाई सन्तुष्टि प्रदान गर्ने र खेलकुद प्रतिको हाम्रो समर्थन र प्रतिबद्धतालाई जोड दिने विश्वास कम्पनीका अध्यक्ष श्री समीर श्रेष्ठ ज्यूले व्यक्त गर्नुभएको छ।

    साथै योजनालाई सफल बनाउने बिवाइडी र सम्पूर्ण UEFA EURO CUP 2024 टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आफू योजनाबाट अत्यन्तै उत्साहित भएको समेत बताउनु भएको छ।

    यो योजना साईमेक्स् इन्क. प्रा. लि.को लागि अत्यन्तै महत्त्वपूर्ण रहेको छ। आफ्ना समस्त ग्राहकहरुको लागि पृथक अनि अविस्मरणीय अनुभवको अवसर सिर्जना गर्दै विद्युतिय सवारीसाधन उद्योगमा निरन्तर नवीनतम प्रविधिको साथ उत्कृष्ट सुविधा प्रदान गरिरहने बिवाइडीको लागि यसले फुटबल खेलको नजरबाट मात्र नभइ आफ्ना ग्राहकहरुको लागि असाधारण मूल्य प्रदान गर्ने कम्पनीको समर्पणलाई पनि बलियो रुपमा स्थापित गर्नेछ।

    "नेपाली अब युरो कपमा" योजनाका विजेताहरुलाई साईमेक्स् इन्क. प्रा. लि. ले व्यक्तिगत रुपमा सम्पर्क गर्नेछ। कम्पनीले सम्पूर्ण योजानामा सहभागी सबैलाई उत्साहजनक सहभागिताको लागि हार्दिक आभार प्रकट गरेको छ र भविष्यमा थप रोमाञ्चक योजनाहरु लिएर आउने प्रतिबद्धता व्यक्त गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ