Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वरिष्ठ सौन्दर्यविद महरा राष्ट्रिय उत्कृष्ट महिला उद्यमी सम्मान २०८१ बाट सम्मानित


ग्लोबल पाना
शनिबार, वैशाख २९ २०८१
  • 386
    SHARES

  • images
    वरिष्ठ सौन्दर्यविद महरा राष्ट्रिय उत्कृष्ट महिला उद्यमी सम्मान २०८१ बाट सम्मानित

    काठमाडौ । नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् उद्यमी व्यवसायी बरिष्ट सौन्दर्यविद् सुषमा महरा बर्षकै उत्कृष्ट महिला उद्यमी सम्मान २०८१ बाट सम्मानित भएकी छिन् ।

    images
    images
    images

    शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच बरिष्ट सौन्दर्यविद् सुषमा महरालाई सम्मान गर्नु भएको हो।

    सामाजिक कार्यमा सक्रिय सम्मानित महरा बरिष्ठ सौन्दर्यविद एवम् उद्यमी व्यवसायी हुनुहुन्छ । नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी संचालक तथा प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव महरा पछील्ला केही बर्षहरुदेखी आम रुपमै चर्चाको शिखरमा रहदै आउनुभएको छ ।

    जसले व्यवसायिक रुपमा हुँदा खाने देखी हुने खानेसम्म र शुभकार्य, सौन्दर्य प्रतियोगिता, गीत संगीत देखी चलचित्रसम्मलाई सेवा प्रवाह गर्दै आउनुभएको छ । त्यसो त यस माझमा उहाँले आफनै बलबुतामा फेसियल हाउसलाई बिस्तार गर्दै हालसम्ममा ७ वटा शाखा संजाल खडा गर्नुभएको छ । जुन धेरै महिलाहरुका लागि प्रेरणादायी स्रोत बन्दै आएको पनि छ । खरो र हक्की स्वभावकी महरा संघर्षको एक पर्याय पनि हुनुहुन्छ । स्पष्ट वत्ताको छवि निर्माण गर्नुभएकी उहाँले उद्यमी व्यवसायी तथा महिला पंति माझ उस्तै लोकप्रियता हासिल गर्नुभएको छ ।

    चाहे काठमाण्डौ उद्योग वाणिज्य संघ वा नेपाल सौन्दर्य व्यवसायी संघ सम्बद्ध व्यवसायी नेतृको हैसियतले होस् वा काठमाडौं मल व्यवसायी संघ र महिला एवम् उद्यमीका व्यक्तिगत समस्यालाई उजागर गर्ने सवाल पेशागत, क्षेत्रगत र व्यक्तिगत दबिएका आवाजलाई बुलन्द पार्ने कार्यमा उहाँ निकै सकृय रहने गरेको पाउन सकिन्छ ।

    राज्यलाई झक्झकाउने सवाल होस् वा आम महिला दिदी बहिनीहरुलाई झक्झकाउने कार्य, यसका निम्ती उहाँ सदैव अग्रपंतिमा रहदै आउनु भएको पनि छ । फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ