Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित


ग्लोबल पाना
शनिबार, वैशाख २९ २०८१
  • 374
    SHARES

  • images
    सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित

    काठमाडौ । विश्व बौद्ध धर्म संघकी संस्थापक अध्यक्ष सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित हुनुभएको छ ।

    images
    images
    images

    शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच सर्वश्री आनी भिमसुवा गुरुङलाई सम्मान गर्नु भएको हो।

    सम्मानित सर्वश्री आनी भिमसुवा गुरुङ विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहनु भएका गुरु रिम्पोछे ट्रस्ट र विश्व बौैद्ध धर्मसंघकी अध्यक्ष लगायत बिभिन्न सामाजिक संघ–संस्थाहरुमा आवद्ध भई दिनदुखी, गरिब, अनाथ, अशक्त र अन्य कार्यमा सहयाेग गर्ने ,देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने तथा कोरोनाको समयमा समेत महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै सर्वश्री आनीलाई सम्मान गरिएको हो ।

    फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ