Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

कर्मठ साहित्यकार, निष्ठावान पत्रकार एवम् सामाजिक चैतन्य ओझा सम्मानित


ग्लोबल पाना
शनिबार, वैशाख २९ २०८१
  • 317
    SHARES

  • images
    कर्मठ साहित्यकार, निष्ठावान पत्रकार एवम् सामाजिक चैतन्य ओझा सम्मानित

    काठमाडौं । साहित्य, पत्रकारिता र शान्ती प्रबर्धनमा सकृय रहि सभ्य समाज निर्माणमा रचनात्मक योगदान पुर्याउदै आउनु भएका बहुआयामिक व्यक्तित्व सरोज ओझा सम्मानित हुनुभएको छ।

    images
    images
    images

    शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा उहाँलाई सम्मान गरिएको हो ।

    “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमसहित आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले भव्य समारोहका बीच ओझालाई सम्मान गर्नु भएको हो।

    फोकस नेपालले ओझालाई कर्मठ साहित्यकार, निष्ठावान पत्रकार एवम् सामाजिक चैतन्यका रुपमा उक्त सम्मान समर्पण गरेको छ । ‘साहित्य, पत्रकारिता एवम् सामाजिक क्षेत्रमा सकृय रहि आफुमा अन्तर्निहित बहुप्रतिभाशाली क्षमता प्रस्तुत गर्दै बहुआयामिक छवि निर्माण गर्नुभई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा आफ्नो पहिचानलाई स्थापित गराउन सफल हुनुभएकोमा हामी निकै गौरन्वान्वित छौँ’ फोकस नेपालद्वारा हस्ताण्तरित सम्मानपत्रमा उल्लेख गरिएको छ ।

    सम्मानित सरोज ओझाको संक्षिप्त परिचय

    तनहुँको व्यास ५ मा जन्मिएका सरोज ओझा विगत एक दशकदेखी अघिदेखी साहित्यकर्ममा सकृय हुनुहुन्छ । नेपाली र अंग्रेजी दुवै भाषामा कविता तथा कथाहरु कोर्दै आउनुभएका ओझाका सिर्जनाहरु नेपाली साथै अन्तरराष्ट्रिय स्तरका संचार माध्यमहरुमा प्रकाशित हुँदै आएका छन् ।

    त्यसो त उहाँलाई बंगलादेशबाट प्रकाशित अन्तरराष्ट्रिय अंग्रेजी दैनिक पत्रिका द डेली ग्लोबल नेशनका अन्तरराष्ट्रिय शान्ती दूत हुनुहुन्छ । ओझा संयुक्त राष्ट्र संघ सम्बद्ध अन्तरराष्ट्रिय मानव अधिकार संस्था युनाईटेड नेचर इन्टरनेशनल पिस (युएनआईपि) नेपाल च्याप्टरको देशिय कार्यसमितिमा प्रेस तथा प्रकाशन समिति संयोजक पनि हुनुहुन्छ ।

    विभिन्न संस्थामा प्रेस विज्ञ तथा सल्लाहकार भई कार्य गर्दै आउनुभएका ओझासँग चलचित्र तथा अन्य प्रतियोगितात्मक शोहरुमा निर्णायकको भूमिकामा रहेर कार्य सम्पादन गरेको अनुभव छ। विगत २ दशकदेखी अनवरत संचार कर्ममा सकृय ओझा नेपाल टेलिभिजन समाचार च्यानलमा बुधवार राती ९:१५ मा प्रसारण हुँदै आएको कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक हुनुहुन्छ ।

    उहाँले बाल कार्यक्रमदेखी व्यापार, शान्ती, प्रवास देखी रियालिटी शोसम्म गरि कुल आठ विविधतायुक्त कार्यक्रम निर्माण तथा निर्देशन गर्नु भएको छ । ओझा नेपाल पत्रकार महासंघको एशोसियट संस्था एभरेष्ट प्रेस क्लबका महासचिव हुनुहुन्छ । उहाँले ललितपुर महानगरपालिका, निर्यात व्यवसायी महासंघ र विभिन्न अनलाईन एवम् पत्रिका र विभिन्न पुस्तकहरुको सम्पादक भई कार्य समेत गर्नुभएको छ ।

    निरन्तर १५ बर्ष नेपाल टेलिभिजनका लागि कार्यक्रम उत्पादनमा सकृय रहे बापत नेपाल टेलिभिजनको ३७ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिभिजनबाट सम्मानित हुनुभएका ओझाले यस माझमा भारतको मुम्बईमा दादा साहेब फाल्के टेलिभिजन अवार्ड २०२३, लखनउमा उत्तर प्रदेश आर्टिस्ट एकेडेमीको ‘युपिपिए अवार्ड २०२३ तथा विश्व मानवाधिकार परिषदबाट ‘मानव अधिकार सम्मान २०२३’ र नयाँ दिल्लीमा ‘महात्मा गान्धी एक्सिलेन्स अवार्ड २०२३’ मा गेष्ट अफ अनर सम्मान, इजिप्टको एलेक्जेंड्रियामा एमएसएन एक्सिलेन्स अवार्ड २०१९’, थाईल्याण्डमा मुख्यालय रहेको युनाईटेड नेसन्स पिस किपर्स फेडरल काउन्सिलबाट ‘युएनपिकेएफसी हुमानेटेरियन अवार्ड २०२२ बाट सम्मानित हुनु भएको छ ।

    त्यस्तै उहाँले ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपालबाट टान टुरिजम अवार्ड, निर्यात व्यवसायी महासंघबाट फिन अवार्ड, ललितपुर चेम्बर अफ कमर्सबाट आर्थिक पत्रकारिता सम्मान आदी प्राप्त गर्नुभएको छ ।

    फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ