Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित


ग्लोबल पाना
आइतबार, वैशाख ३० २०८१
  • 369
    SHARES

  • images
    रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित

    पोखरा , बैशाख ३० ।  कास्कीको रूपा गाउँपालिका  पूर्ण खोप सुनिश्चित पालिका घोषणा  भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको   हो।

    images
    images
    images

    कार्यक्रममा उक्त घोषणा गर्दै जिल्ला  जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख  लिलाधर पौडेलले कास्की जिल्ला रूपाको उक्त घोषणा संगै छिट्टै कास्कीलाइ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको जानकारी दिनुभयो।

    पौडेलले सो घोषणाले  कास्कीमा कुनै पनि बालबालिका खोपबाट बन्चित हुनु नपर्ने भन्दै निरन्तरतामा अझ घनिभुत ढंगले लागी पर्न पालिकालाइ आग्रह गर्नुभयो । पौडेलले खोप प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकार भएको र पूर्ण खोपको प्रत्याभुती संगै सरकारले परिकल्पना गरेको आधारभुत स्वास्थ सेवाको ग्यारेन्टी गर्दै स्वस्थ नागरिक निर्माण मार्फत समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बिश्वास व्यक्त गर्नुभयो ।

    रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सुनिश्चितता घोषणा गर्ने कार्य सम्पन्न भए संगै  र यसको निरन्तरतामा पालिका कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्नुभयो ।  

    कार्यक्रममा  जिल्ला समन्वय समिति कास्कीका सदस्य हर्क  बहादुर गुरुङ, गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी बराल,  स्वास्थ शाखा प्रमुख रामचन्द्र ओझा, जनस्वास्थ्य कार्यालय कास्कीका खोप अधिकृतद्वय, एकनारायण लम्साल, बद्री आचार्य, राधा सुवेदी सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ