Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नारायणी सिग्‍नेचर ब्रिज पुलको प्रधानमन्त्री प्रचण्डले गरे शिलान्यास


ग्लोबल पाना
सोमबार, वैशाख ३१ २०८१
  • 170
    SHARES

  • images
    नारायणी सिग्‍नेचर ब्रिज पुलको प्रधानमन्त्री प्रचण्डले गरे  शिलान्यास

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको  सिग्‍नेचर ब्रिज पुलको शिलान्यास गरेका छन् । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल भरतपुर महानगरपालिकाका तर्फबाट आज शिलान्यास गरिएको हो ।

    images
    images
    images

    हाल नारायणी नदीमा भएको पुलसँगै जोडर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो । सडक विभाग पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवं पुलका योजना प्रमुख कृष्ण अधिकारीका अनुसार पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने छन् भने पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ ।

    पुलको दुई ठाउँमा टावर राखिने छ । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा सात दशमलव पाँच मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उनको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ