Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

“योग र ध्यान” पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो : उपप्रधानमन्त्री श्रेष्ठ


ग्लोबल पाना
सोमबार, वैशाख ३१ २०८१
  • 342
    SHARES

  • images
    “योग र ध्यान” पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो :  उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने धारणा राखेका छन्। आजदेखि सुरु भएको स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणको उद्घाटन सत्रमा प्रमुख अतिथी उपप्रधानमन्त्री श्रेष्ठले भने, “योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो, यो हाम्रो जीवनशैली पनि हो । यसमा जोड दिनु आवश्यक छ ।”

    images
    images
    images

    उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास आवश्यक रहेको भन्दै विकासको गति बढाउनुपर्ने धारणा राखे । उनले रोगको उपचारसँगै रोगको रोगथामतर्फ दिनुपर्ने आवश्यक रहेको समेत बताए ।

    उनले भने, “अस्पताल, उपकरण र औषधिका लागि बजेट छुट्याउने चलन छ तर हामीले रोगथामका पक्षमा बढी ध्यान दिन सकियो भने स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुनेछ ।” उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

    त्यस अवसरमा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष एव् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा. भगवान कोइरालाले स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका साथै तालिम र प्रोत्साहन जरुरी भएको बताए । उनले कोही व्यक्ति अकालमा मन नपरोस् भन्दै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन सक्नुपर्नेमा जोड दिएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ