Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने


ग्लोबल पाना
मंगलबार, जेठ १ २०८१
  • 217
    SHARES

  • images
    कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

    काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा अवरोध नगर्ने भएको छ। मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा सहज रुपमा सञ्चालन गर्न दिन सहमत भएको कांग्रेंस सांसद रामहरि खतिवडाले जानकारी दिए।

    images
    images
    images

    उनका अनुसार राष्ट्रपतिको सम्बोधन पश्चात अन्य संसदीय गतिविधिहरुमा भने कांग्रेसको अवरोध कायमै रहने छ। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति  पौडेलले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

    सरकारको वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

    संघीय संसद्का सबै सदस्यलाई दिनको २ः ४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ-आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ