Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्नुस् : कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह


ग्लोबल पाना
मंगलबार, जेठ १ २०८१
  • 260
    SHARES

  • images
    नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्नुस् : कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनमा निर्वाध रूपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सो पार्टीका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री गगनकुमार थापासँग भएको छलफलमा आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले सहज रूपमा सदन सञ्चालनका निम्ति सहयोग गर्न आग्रह गरेका हुन्।

    images
    images
    images

    “प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न र संसद् बैठक अवरोध नगर्न आग्रह गर्नुभयो”, प्रमुख सचेतक लेखकले बैठकपछि सञ्चारकर्मीसँग भने, “प्रधानमन्त्रीले सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्धता व्यक्त गरे। यससम्बन्धी समस्या समाधान गर्छु भन्ने प्रधानमन्त्रीबाट आशय व्यक्त भएको छ, हामी त्यो व्यवहारमा अनुवाद भएको देख्न चाहन्छौं।”

    कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ।

    प्रधानमन्त्रीको आग्रह कार्यान्वयन गर्न आजै बस्ने कांग्रेस संसदीय दलको बैठकमा छलफल हुने र निष्कर्षमा पुगिने जानकारी आफूहरूले प्रधानमन्त्री दाहाललाई गराएको प्रमुख सचेतक लेखकले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ