Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

आजदेखि बानेश्वर क्षेत्रमा निर्माण गरिएका बस बिसौनी सञ्चालनमा


ग्लोबल पाना
मंगलबार, जेठ १ २०८१
  • 256
    SHARES

  • images
    आजदेखि बानेश्वर क्षेत्रमा निर्माण गरिएका बस बिसौनी सञ्चालनमा

    काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार केसीले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन्।

    images
    images
    images

    त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो। जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना विगार्नु हुँदैन ।’ उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने सामुहिक दायित्वका विषयमा कुरा गर्दै भने, ‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएका छौँ ।

    राजनीतिक दलहरुसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा नपरुन् ।’ फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीयबासीले निगरानी गर्नेछन्। कार्यक्रममा निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले भने, ‘यो नमूना अन्यत्र स्थानमा पनि विस्तार हुँदै जानेछ।’

    स्थानीयहरुको निगरानीमा नगर प्रहरीले सहयोग गर्नेछ। कार्यक्रममा महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो। हामी यस्ता सम्पत्तिको दुरुपयोग हुन दिँदैनौँ।’ वडा सचिव सुवोध खड्काका अनुसार यस क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन्।

    बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको विसौनी आजबाट सञ्चालन भयो। बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको विसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ। यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ हो। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ ।

    यस्तै बस्नका लागि काठकै मेच राखिएका छन्। विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ