Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘राजनीतिक दलहरुबीच सहमति नहुँदा संवैधानिक संकट हुने अवस्था नआओस्’ : सभामुख घिमिरे


ग्लोबल पाना
मंगलबार, जेठ १ २०८१
  • 374
    SHARES

  • images
    ‘राजनीतिक दलहरुबीच सहमति नहुँदा संवैधानिक संकट हुने अवस्था नआओस्’ : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले दलहरुबीच सहमति नहुँदा संसदीय कामकारबाही  प्रभावित हुने देखिएको र त्यसले संवैधानिक संकटको अवस्था सिर्जना गर्नसक्ने बताएका छन् । नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नु पूर्व दलका सचेतक तथा प्रमुख सचेतकसँगको छलफलका क्रममा सभामुख घिमिरेले दलहरूबीच सहमति नहुनुले नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताए ।

    images
    images
    images

    ‘राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ । संवैधानिक संकट हुने अवस्था नआओस्’ सभामुखको भनाई उदृत गर्दै सभामुखको सचिवालयले जनाएको छ । 


    यस्तै, बैठकमा कांग्रेस सचेतक सुशीला थिङले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्ने संसदीय समितिको निणर्य सुनाउँदै छानबिन समिति नबनेसम्म संसदीय विरोधका  कार्यक्रम जारी राख्ने जानकारी गराइन ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्ने समय दिनुपर्ने माग गरे ।

    ‘सभामुखले गएको बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिनुभएको थियो तर, बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ ।’

    बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूची र नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे समेत जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

    सदनको गतिरोध अन्त्य गर्न निरन्तर प्रयासरत सभामुखले संयुक्त बैठक बस्नु अघि दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका हुन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ