Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

इतिहासकार ज्ञानमणि नेपालको निधन


ग्लोबल पाना
मंगलबार, जेठ १ २०८१
  • 305
    SHARES

  • images
    इतिहासकार ज्ञानमणि नेपालको निधन

    काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा मंगलबार मध्यान्ह सवा १२ बजे निधन भएको हो ।

    images
    images
    images

    शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसकेको नेपालका भाइ एकमणि नेपालले जानकारी दिए ।

    उनका अनुसार मंगलबार दिउँसो तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ । नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपालको ९२ वर्षको उमेरमा निधन भएको हो । उनकी श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको थियो भने उनका दुई छोरा रहेका पारिवारिक स्रोतले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ