Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय वाणिज्य बैंककाे सिइओ बन्ने चर्चामा चितवनका तिवारी


ग्लोबल पाना
बुधबार, जेठ २ २०८१
  • 1,443
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंककाे सिइओ बन्ने चर्चामा चितवनका तिवारी

    काठमाडौं । राज्यको सबैभन्दा ठूलो सरकारी बैंक, राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को लागि रिक्त पदमा आवेदन खोलेकोमा बैशाख २७ गतेसम्म अन्तिम म्याद रहेकोमा उक्त म्याद भित्र २० जनाको आवेदन परेको छ ।

    images
    images
    images

    आवेदन दिनेहरुमा कृषि विकास बैंकबाट अधिकृत प्रथम श्रेणी (बिभागिय प्रमुख) बाट अवकास प्राप्त चितवनका प्रमोद वावु तिवारी लगायत राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सिइओ देबेन्द्र रमण खनाल, नेपाल बैंकका पुर्व सिइयो कृष्ण बहादुर अधिकारी, कृषि विकास बैंकका डिजिएम दिर्घ बहादुर अर्याल लगायतका छन ।

    सिइओको दौडमा देबेन्द्र रमण खनाल आफू हुनेमा बिस्वस्त छन भनेर बाहिर हल्ला छ भने अर्का प्रत्यासी कृष्ण बहादुर अधिकारीलाई एमाले अध्यक्ष केपि ओलिको साथ भएको बुझिन्छ । उता प्रमोद वावु तिवारी भने प्रधानमन्त्री प्रचण्ड निकट मानिन्छन ।

    भरतपुर घर भएका तिवारी नेपाल बैंकको सिइओ बनाउने आश्वासन पाएता पनि अन्तिम अवस्थामा पर्वत घर भएका नेपाली काङ्ग्रेस निकट तिलकराज पाण्डे पद पाउन सफल भए ।

    नेपाल बैंकमा नभएपछी उनै तिवारीलाई यसपटक राष्ट्रिय वाणिज्य बैंकमा सिइओ बनाउने पुनः आश्वासन दिएको बुझिएको छ । प्रमोद वावु तिवारी माओवादी बागमती प्रदेशका नेता हुनुको साथै चितवनका बुद्धिजीवी संगठनका अध्यक्ष समेत भएकोले उनको नाम पछिल्लो समयमा निकै चर्चामा छ।

    तिवारी कृषि विकास बैंकमा रहँदा बैंकलाई अब्बल बनाउन उनको महत्वपूर्ण योगदान हुनुको साथै माओवादी संगठन बनाउने कार्यमा अग्र पंक्तिमा रहनुको साथै उनी अहिले पनि नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय सदस्य समेत छन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ